close

सरकारले देशका ५० ठाउँमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने

टेकपाना टेकपाना

जेठ १५, २०७९ २०:३२

सरकारले देशका ५० ठाउँमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने

काठमाडौं । विद्युतीय सवारी साधनको प्रयोग बढाउन नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ५० स्थानमा चार्जिङ स्टेसनहरू सञ्चालन गर्ने भएको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो कार्यक्रम ल्याएका हुन् ।

उनका अनुसार पेट्रोल पम्प रहेका स्थानमा चार्जिङ स्टेसनहरू स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनछ । साथै विद्युतीय चुल्हो, उपकरण तथा यातायातका साधन प्रयोग गरी थप विद्युत खपत गर्न प्रेरित गरिनेछ ।

यसैगरी ठूला सहरहरूको यातायात सेवा र भान्सालाई क्रमशः विद्युतीय प्रणालीमा परिणत गर्ने कार्यक्रम समेत सरकारले ल्याएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४