close

३ महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासमा विद्युतीय चुल्हो

टेकपाना टेकपाना

जेठ १५, २०७९ २०:५२

३ महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासमा विद्युतीय चुल्हो

काठमाडौं । सरकारले आगामी तीन महिनाभित्र महानगर र उपमहानगर भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्यास सिलिन्डर मुक्त बनाउने घोषणा  गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत बजेटमार्फत सरकारले यस्तो महत्वाकाङ्क्षी लक्ष्य लिएको हो ।

ग्यास सिलिन्डरको साटो क्रमशः विद्युतीय चुल्होको प्रयोगलाई देशव्यापी बनाउने अर्थमन्त्री शर्माले बताए । यसैगरी सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्यास सिलिन्डर विस्थापित गरी विद्युतीय चुल्हो उपयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

सरकारले एलपी ग्यास छोडौँ, बिजुली जोडौँ भन्ने अभियान नै सञ्चालन गर्नेछ । जस अन्तर्गत खाना पकाउने इन्धनको रूपमा प्रयोग हुने दाउरा, गुइँठा र एलपी ग्यासलाई प्रतिस्थापन गर्न बायोग्याँस, विद्युतीय चुल्हो, सुधारिएको चुल्हो तथा अन्य आधुनिक र किफायती प्रविधिको व्यापक रूपमा प्रवर्द्धन गर्ने सरकारको नीति हुनेछ ।

यसरी करिब एक लाख घरधुरीमा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच पुर्‍याइने बजेटमा उल्लेख छ । “एलपी ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमशः कटौती गरी विद्युत उपयोगमा अनुदान प्रदान गर्ने नीति लिएको छु,” अर्थमन्त्री शर्माले भने । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४