close

नेपालमै ४ पाङ्ग्रे बिजुली गाडी बनाउनेलाई ५ वर्षसम्म आयकरमा ४० प्रतिशत छुट

टेकपाना टेकपाना

जेठ १५, २०७९ २१:९

नेपालमै ४ पाङ्ग्रे बिजुली गाडी बनाउनेलाई ५ वर्षसम्म आयकरमा ४० प्रतिशत छुट

काठमाडौं । सरकारले नेपालमै विद्युतीय सवारी साधन उत्पादन तथा एसेम्बल गर्ने कार्यलाई प्रोत्साहन गर्ने भएको छ । आइतबार सङ्घीय संसद्‌मा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत यस्तो नीति लिइएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको उक्त बजेट कार्यक्रममा चार पाङ्ग्रे विद्युतीय सवारी साधन उत्पादन तथा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना गरेमा सो उद्योगले कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म ४० प्रतिशत आयकर छुट दिने व्यवस्था गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४