काठमाडौं । सरकारले टेलिफोन, मोबाइल, इन्टरनेटमा लगाउदै आएको सेवा शुल्क घटाएको छ । यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको हो ।
। सेवा प्रदायकहरुले यसअघि ग्राहक बाट सङ्कलन गरेको १३ प्रतिशत सेवा शुल्कबापत सरकारलाई बुझाउदै आएका थिए । आर्थिक ऐनमार्फत उक्त शुल्क घटेपछी मोबाइल, इन्टरनेटको अहिलेको शुल्क सामान्य भएपनि घट्न सक्ने अवस्था बनेको छ ।
इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल(आइस्पान)ले घटेको सेवा शुल्कको स्वागत गर्दै यो अझै पर्याप्त भने नभएको प्रतिक्रिया जनाएको छ ।