काठमाडौं । मोबाइलमा लाग्दै आएको अन्त:शुल्क बढेसङ्गै नेपालमा यसको मूल्य बढ्ने भएको छ । सरकारले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको आर्थिक ऐनले यसअघि मोबाइलमा लाग्दै आएको २.५ प्रतिशतको अन्त:शुल्क बढाएर ५ प्रतिशत पुर्याएको छ ।
बढेको अन्त:शुल्क ६ सय डलरभन्दा बढी मुल्यका मोबाइलमा मात्र लागू हुनेछ । अर्थात आइफोनसहित महङ्गा मोबाइलको मूल्य नेपाली बजारमा खरिद गर्दा अबदेखि बढेको मूल्य तिर्नुपर्नेछ ।