close

महानगरबासीको गुनासो सुन्न कल सेन्टर

टेकपाना टेकपाना

जेठ १६, २०७९ १७:५२

महानगरबासीको गुनासो सुन्न कल सेन्टर

काठमाडौं । काठमाडौं महानगरबासीको गुनासो सुन्न कल सेन्टर सञ्चालनमा आउने भएको छ ।

काठमाडौं महानगरपालिको नगर परिषद्को जारी पहिलो बैठकमा मेयर बालेन्द्र शाहले कल सेन्टरको प्रस्ताव राखेका हुन् ।

यस विषयमा बैठकका सहभागीले आफ्नो राय प्रस्तुत गरिरहेका छन् ।

मेयर उम्मेदवारी दिने क्रममा शाहले स्वास्थ्य एम्बुलेन्स, पूर्वाधार एम्बुलेन्स, पशु एम्बुलेन्स, फायर ब्रिगेड र विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन सहितकाे कल सेन्टर सञ्चालन गर्ने याेजना अघि सारेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४