close

पुनः बजारमा आउँदै एक्सेलको ४० वर्ष पुरानो प्रतिस्पर्धी

टेकपाना टेकपाना

जेठ १७, २०७९ १२:३६

पुनः बजारमा आउँदै एक्सेलको ४० वर्ष पुरानो प्रतिस्पर्धी

काठमाडौं । लोटस १-२-३, लोटस सफ्टवेयर (हालको आईबीएम) ले तयार गरेको पुरानो स्प्रेडशिट प्रोग्राम हो । जसलाई नयाँ अपरेटिङ सिस्टम सहित पुनः ब्युँताइएको छ । ट्याभिस ओरम्यान्डी नामक गुगल प्रोजेक्ट जेरोका बग हन्टरले लोटस १-२-३ लाई सफलतापूर्वक लिनक्समा स्थानान्तरण गरेका हुन् ।

४० वर्ष अघि आईबीएम पीसीका लागि लोटस १-२-३ विकास गरिएको थियो । सन् १९८० को दशकमा यो प्रोग्रामले प्रयोगकर्तालाई हिसाबकिताब राख्न, कुनै डेटाबेस बनाउन तथा ग्राफिकल चार्टहरू बनाउन सहयोग गर्दथ्यो ।

यद्यपि सन् १९९० को दशक सुरु भएसँगै माइक्रोसफ्टले जीयूआईमा आधारित एक्सेल प्रोग्राम ल्याएपछि लोटसको लोकप्रियता गुम्दै गयो । त्यसपछि कम्पनीले सन् २०१३ पछि भने यसको प्रयोग पूर्ण रुपमा बन्द गरिदिएको थियो। 

यद्यपि यसलाई पुनः लिनक्समा इन्टिग्रेट गरेर ओरम्यान्डीले ब्युँताएका हुन् । लोटस १-२-३ लाई पुनः  ब्युँताउने क्रममा उनले पूरा गरेको सम्पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् । यो प्रोग्रामको लागि ओरम्यान्डी पूर्ण रुपमा नयाँ डिस्प्ले ड्राइभर विकास गरेका छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४