काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो ।
वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा नौ वर्षभन्दा बढी सेवा अनुभव सम्हालेका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा प्रडक्ट एन्ड सिस्टम डेभलपमेन्ट हेडको रूपमा काम गरिसकेका छन् ।
राष्ट्रिय भुक्तानी स्विच परियोजनाहरू कार्यान्वयन गर्नसमेत उनले प्रमुख भूमिका निर्वाह गरेकाे फाेनपेले जनाएकाे छ ।
व्यवसाय प्रक्रिया पुनः इन्जिनियङि, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेसनको कार्यान्वयनमा सक्रिय रूपमा संलग्न थापा संलग्न हुँदै आएका छन् ।
कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका थापासँग क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट ’क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभव पनि छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ ।
साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ ।