close

अब आईफोनले नै खोलिदिन्छ तपाईंको गाडीको ढोका

टेकपाना टेकपाना

जेठ १८, २०७९ १७:३०

अब आईफोनले नै खोलिदिन्छ तपाईंको गाडीको ढोका

काठमाडौं । अब ह्युन्डाई र बीवाईडीले पनि आईफोनको ‘कारकी’ अनलकिङ फिचर अर्थात् आईफोनबाट नै गाडी खोल्न मिल्ने फिचर सपोर्ट गर्ने भएका छन् ।

अहिले आईफोनको ‘कारकी’ अनलकिङ फिचरमार्फत बीएमडब्लू जेनेसिस र किया लगायतका विद्युतीय गाडीहरू अनलक गर्न सकिन्छ । अब भने यो फिचर ह्युन्डाई र बीवाईडीमा पनि उपलब्ध हुने भएको छ ।

एप्पल वालेटमा भएको फिचर सपोर्ट गर्ने सवारीका चालकहरूले आफ्नै फोन प्रयोग गरेर गाडीको ढोका सहजै खोल्न सक्नेछन् ।

आईफोनको ‘कारकी’ सिस्टमको पछिल्लो भर्सनमा गाडीको ढोका नजिक गएर मोबाइल ट्याप गर्नुपर्थ्यो । तर अब भने मोबाइल खल्तीमा नै राखेर गाडीको नजिक जाँदा पनि गाडीकाे ढोका स्वतः खुल्छन् ।

यसका साथै सवारी चालकले आफ्नो अनुपस्थितिमा आफ्नो मोबाइलबाट नै आफ्नो साथी तथा परिवारका सदस्यलाई आफ्नो सवारी चलाउन दिन सक्नेछन् ।

यो डिजिटल चाबी पाँच जनासम्मले प्रयोग गर्न सक्छन् । यस्तोमा सवारीधनीले भने आफ्नो फोनबाट गाडी कति स्पिडसम्म गुड्न सक्ने, रेडियोको आवाज कतिसम्म ठूलो बनाउन मिल्ने लगायतका गतिविधि नियन्त्रण गर्न सक्छन् ।

यो फिचर ह्युन्डाई र बीवाईडीका गाडीहरूका लागि पनि उपलब्ध गराउन कम्पनीहरूबीच छलफल भइरहेको जानकारी बाहिरिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३