काठमाडौं । इन्टरनेट सेवा प्रदायक सीजीनेटले चितवन भरतपुरमा आफ्नो सेवा विस्तार गरेको छ । एक वर्षअघि काठमाडौंबाट सेवा थालेको सीजीनेट उपत्यकाबाहिरका ठाउँमा पनि विस्तार भइरहेको छ ।
यसैक्रममा भरतपुरमा औपचारिक रुपमा सेवा प्रारम्भ भएको कम्पनीले जानकारी दिएको छ । सीजीनेटले नयाँ ग्राहकका लागि एक महिनाका लागि निःशुल्क ट्रायलकाे सुविधा पनि दिइरहेकाे छ ।
कम्पनीले हाल १२० एमबीपीएस र ५० एमबीपीएस गति गरी दुई इन्टरनेट प्याकेज उपलब्ध गराइरहेकाे छ ।
सीजीनेटको इन्टरनेट सेवा काठमाडौं उपत्यकासहित हेटौँडा, बुटवल, भैरहवा, नवलपुर, कावासोती र रत्ननगरमा समेत उपलब्ध छ ।
चाँडै नै नयाँ सहरमा समेत इन्टरनेट सेवा विस्तार गर्ने योजना कम्पनीले बनाएको छ ।