काठमाडौं । ग्रिस र साउदी अरेबियाले फाइबर अप्टिक केबलमार्फत एसिया र युरोपलाई जोड्ने तयारी गरेका छन् । यी दुई देशले संयुक्त रुपमा यो परियोजना अघि बढाउन लागेका हुन् ।
यसका लागि समुन्द्र सतहका साथै भूमिमा समेत फाइबर बिछ्याउने याेजना ल्याइएकाे छ । यो परियोजना ग्रिक र साउदी अरब सरकारको संयुक्त लगानी रहेको टेलिकम कम्पनीबाट सञ्चालित ‘मेना हब’ ले गर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
समाचारमा जनाइए अनुसार आउँदो जुलाईमा याे परियाेजनाका लागि सम्झौता हुनेछ । त्यसका आधारमा सन् २०२५ सम्म यो परियोजना सम्पन्न हुने अनुमान गरिएकाे छ ।
यसका लागि ८० करोड युरो अर्थात् १० खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने जनाइएको छ ।