close

ह्वाट्सएपमा अब पठाइसकेको मेसेज इडिट गर्न मिल्ने

टेकपाना टेकपाना

जेठ १९, २०७९ १४:३२

ह्वाट्सएपमा अब पठाइसकेको मेसेज इडिट गर्न मिल्ने

काठमाडौं । ह्वाट्सएपमा अब पठाइसकेको मेसेज इडिट गर्न मिल्ने भएको छ । प्रयोगकर्ताले लामो समयदेखि माग राख्दै आएको यो फिचर कम्पनीले चाँडै नै कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिएको छ ।

यसअन्तर्गत प्रयोगकर्ताले आफूले पठाएका मेसेजमा गल्ती भए सच्याउन सक्नेछन् । यसअघि टेलिग्रामले यस्तो फिचर ल्याइसकेको छ ।

ह्वाट्सएपले पनि यो फिचरमा काम गरिरहेको जानकारी दिएपनि कहिलेबाट लागू हुन्छ भन्ने विषयमा जानकारी दिएको छैन ।

यो फिचर सञ्चालनमा आइसकेपछि प्रयोगकर्ताले इडिट गर्न चाहेको च्याटमा केहीबेर ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि त्यहाँ एउटा मेनु देखिन्छ, जसमा टेक्स्ट इडिटको अप्सन समावेश हुन्छ ।

अहिले भने ह्वाट्सएपमा पठाइसकेको मेसेज एक घण्टाभन्दा अगाडि हटाउन सकिने फिचर समावेश छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३