close

भन्सार छलेका मोबाइल न्युरोडमा बिक्री गर्ने एक जना व्यापारी पक्राउ

टेकपाना टेकपाना

जेठ २०, २०७९ १२:४

भन्सार छलेका मोबाइल न्युरोडमा बिक्री गर्ने एक जना व्यापारी पक्राउ

काठमाडौं । अवैध रुपमा कर छली चोरी पैठारी गरी ल्याइएका मोबाइल सहित एक जना पक्राउ परेका छन् । भारतको बिहार स्थित बैशाली जिल्ला भेरोखरा घर भई हाल कंलकी बस्दै आएका जमशेद अलिलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले भारतबाट भन्सार छली चोरी पैठारी गरी यहाँ मोबाइल बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । न्युरोड स्थित ताम्राकार कम्प्लेक्समा निजले सञ्चालन गरेको जेम्स मोबाइल रिपेयर पसलबाट उनलाई पक्राउ गरिएको जनाइएको छ ।

सूचनाका आधारमा खानतलासी गर्दा भन्सार छली चोरी पैठारी गरी बक्री वितरण गर्ने उद्देश्यले राखेका बिभिन्न मोडलका आईफोन ११ ओटा, वनप्लस र रेड्मीका एक–एक थान गरि जम्मा १३ थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ । त्यससँगै आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३