काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र फोकसवान प्रालिबीच कार्डमा आधारित भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ । बैङ्कले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्य सहित फोकसवान प्रालिसँग कार्डमा आधारित स्क्यान टू पे र क्यूआरको माध्यमबाट भुक्तानी गर्ने सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको हो ।
यो सेवा सञ्चालनमा आएसँगै बैंकका कार्ड बाहकहरूले फोकसवानले सञ्चालनमा ल्याएको ‘मोको’ डिजिटल वालेटमा बैंकका डेबिट तथा क्रेडिट कार्डहरू लिङ्क गरि सोही कार्डहरूबाट खर्च गर्न सकिने व्यवस्था मिलाएको छ । जसमा मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरू प्रयोग गर्न सकिनेछ ।
यसै गरि बैंकका ग्राहकहरूले मोको वालेट मार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यूआरको माध्यमबाट समेत भुक्तानी गर्न सक्नेछन् ।