close

मेसेन्जरमा अब च्याट र कलको छुट्टाछुट्टै ट्याब हुने

टेकपाना टेकपाना

जेठ २०, २०७९ १८:५१

मेसेन्जरमा अब च्याट र कलको छुट्टाछुट्टै ट्याब हुने

काठमाडौं । मेटाले फेसबुक मेसेन्जरमा च्याट र अडियो तथा भिडिओ कलको लागि छुट्टाछुट्टै ट्याब उपलब्ध गराउने भएको छ । कम्पनीले आईओएस र एन्ड्रोइड प्रयोगकर्ताको लागि अडियो तथा भिडिओ कलका लागि छुट्टै डेडिकेटेड ट्याब ‘कल्स’ सुरु गर्ने तयारी थालेको हो ।

यो फिचरले प्रयोगकर्ताको कल हिस्ट्री अथवा अडियो/भिडिओ रेकर्डलाई एकै ठाउँमा राखेर कल गर्न सहज बनाउने अपेक्षा गरिएको छ । त्यसपछि प्रयोगकर्ताले कसैलाई फोन गर्न सम्बन्धित व्यक्तिको च्याटबक्स खोलिरहनुपर्ने छैन । साथै च्याट धेरै प्रयोग नगर्ने व्यक्तिहरूका लागि यो फिचर उपयोगी हुने विश्वास लिइएको छ ।

सन् २०१३ मा कम्पनीले अडियो कल फिचर सार्वजनिक गरेको थियो । सन् २०१४ मा कम्पनीले च्याटको लागि छुट्टै एप निर्माण गर्‍यो । ताकि प्रयोगकर्ताले मोबाइलमा छुट्टै एप डाउनलोड गरेर च्याट गर्न सकुन् । 

त्यसपछि सन् २०१५ मा कम्पनीले भिडिओ कल फिचर सार्वजनिक गरेको थियो । त्यस समयदेखि आजको दिनसम्म हेर्दा मेसेन्जरमा अडियो तथा भिडिओ कल फिचरको प्रयोग ४० प्रतिशतले वृद्धि भएको पाइन्छ । यो नयाँ ‘कल्स’ ट्याबले प्रयोगकर्ताको अडियो तथा भिडिओ कलको अनुभवलाई थप सुधार गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३