close

गुगल मिट र डुओ मर्ज हुँदै

टेकपाना टेकपाना

जेठ २१, २०७९ ८:३५

गुगल मिट र डुओ मर्ज हुँदै

काठमाडौं । गुगलले आफ्ना दुई फरक भिडिओ कम्युनिकेसन एप डुओ र गुगल मिटलाई मर्ज गर्ने भएको छ । लामो समयदेखि मर्जको विषय चर्चामा आएपनि हालै कम्पनीले आधिकारिक रुपमा यसबारे जानकारी दिएको हो ।

योसँगै गुगल मिटले डुओलाई विस्थापित गर्ने जनाइएको छ । यसको अर्थ अब यदि दुई प्लेटफर्मलाई मर्ज गरेर बन्ने एपको नाम गुगल मिट हुनेछ । हुन त त्यसैपनि गुगल डुओ ब्राण्ड पछिल्लो समयमा हराउँदै गएको छ ।

यस्तोमा कम्पनीले त्यसलाई हटाएर गुगल मिटलाई अघि बढाउने भएको हो । तर, त्यसका लागि कम्पनीले सुरुमा गुगल मिटमा उपलब्ध महत्त्वपूर्ण फिचर डुओमा उपलब्ध गराउने जनाएको छ ।

यसमार्फत प्रयोगकर्ताले सहज रुपमा भिडिओ मिटिङ शेड्युल गर्न सक्नेछन् ।

सुरुमा डुओमा गुगल मिटको फिचर उपलब्ध गराएर अन्त्यमा डुओको नाम परिवर्तन गरी गुगल मिट राखिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३