काठमाडौं । पब्जी विश्वमा सबैभन्दा धेरै खेलिने ब्याटल रोयल गेमहरू मध्ये एक हो । दैनिक करोडौं खेलाडीले यो गेम खेल्छन् । गेम खेल्ने सबै खेलाडीको आआफ्नै तरिका हुन्छ ।
कोही आक्रामक रूपमा खेल्न रुचाउँछन् भने कोही जोगिएर । यदि तपाईँ पब्जीमा धेरै समय सम्म बाँचेर गेम जित्न चाहनेहरूमा पर्नुहुन्छ भने आज हामी तपाईँलाई धेरै समयसम्म जोगिएर कसरी खेल्न सकिन्छ भन्ने बारेमा केही टिप्स दिदैछौँ ।
१) उत्रिने ठाँउ निश्चित गर्नुहोस्ः
पब्जीमा तपाईँको पूरै म्याच कसरी जान्छ भन्ने कुरा तपाईँ कहाँ उत्रिनु भएको छ भन्ने कुरामा पनि निर्भर रहन्छ । यदि तपाईँ पब्जीको म्यापमा प्रसिद्ध ठाँउमा उत्रिनु भएको छ भने तपाईँले गेममा बाँच्नको लागि चाहिने जति सबै सामग्रीहरू सजिलै पाउनुहुनेछ ।
तर केही नभएको ठाँउमा उत्रिनु भयो भने तपाईँले गेममा बाँच्नका लागि चाहिने आधारभूत कुराहरू पनि नपाउने सम्भावना धेरै हुन्छ । त्यसैले उत्रिँदा लुट पनि धेरै पाउने र एनिमी पनि कम आउने ठाँउ रोज्नुहोस् ।
२) तयारी नगरी फाइट नलिनुहोस्ः
धेरै पब्जी प्लेयरको बानी उत्रिने बित्तिकै फाइट लिने हुन्छ । तर यो गेम खेल्ने गलत शैली हो । गेममा उत्रिसकेपछि सबै भन्दा पहिले गेममा बाँच्नको लागि चाहिने लुट (सामान) हरू खोज्नुहोस् ।
यदि कुनै खेलाडीले तपाईँलाई टाढाबाट मार्ने प्रयास गर्दै छ भने त्यहाँबाट निस्किनुहोस् र लुट पुरा नभएसम्म लुट्नुहोस् ।
३) कभरै कभर हिड्नुहोस्ः
धेरै प्लेयरहरू गेममा कभर नलिई खेल्ने भएकाले छिटो मरिरहेका हुन्छन् । त्यसैले गेम खेल्दा कभर लिएर खेल्ने बानी बसाल्नुहोस् । कभर बिना खेल्दा गेममा कताबाट एनिमीले गोली हान्छ थाहा हुँदैन ।
साथै तपाईँले एनिमीसँग कभर लिएर फाइट लिनुभयो भने एनिमीलाई मार्न सक्ने सम्भावना पनि धेरै हुन्छ । यसो गर्दा गेममा पनि धेरै समयसम्म बाँच्न सकिन्छ ।
४) साथी सँगै बस्नुहोस्ः
यदि तपाईँ आफ्ना साथीसँग मिलेर गेम खेल्दै हुनुहुन्छ भने सँगसँगै रहनुहोस् । यसो गर्दा यदि तपाईँ नक डाउन हुनु भयो भने पनि तपाईँको साथीले रिभाइभ गर्न सक्छन् ।
साथै एनिमीले तपाईँमाथि हमला गर्दा साथीको सहयोग पनि मिल्न सक्छ । एकसाथ बसेर खेल्दा गेमलाई पनि अन्त्यसम्म लैजान सक्ने सम्भावना बढी रहन्छ ।
५) लेभल ३ को लुट उठाउनुहोस्ः
गेम जित्नको लागि लेभल तीनका लुटहरूले पनि महत्त्वपूर्ण भूमिका निभाउँछन् । त्यसैले गेममा लुट गर्दा लेभल तीनको भेस्ट, हेलमेट तथा ब्याग उठाउनुहोस् ।
लेभल तीनको भेस्ट हेलमेटले गेममा ड्यामेज घटाउँछ । साथै लेभल तीनको ब्यागमा तपाईँले बाँच्नको लागि आवश्यक पर्ने सामानहरू धेरै राख्न सक्नुहुन्छ ।
६) हेल्थ पूरा नभएसम्म प्रतिक्षा गर्नुहोस्ः
गेम खेल्दा हेल्थ सबैभन्दा महत्त्वपूर्ण हुन्छ । कम हेल्थ हुँदा छिटो मर्ने सम्भावना हुन्छ । त्यसैले गेममा तपाईँको हेल्थ कम छ भने मेडिकिट अथवा ब्यान्डेज खोज्नुहोस् र हेल्थ फुल गर्नतिर लाग्नुहोस् ।
साथै हेल्थ फुल हुँदा मात्र फाइट लिने बानी बसाल्नुहोस् । सकेसम्म अतिरिक्त मेडिकिट वा हेल्थ बुस्टर बोक्नुहोस् । यसो गर्दा पनि तपाईँ गेममा धेरै समयसम्म बाँच्न सक्नुहुनेछ ।
७) अर्को प्ले जोनको अनुमान गर्नुहोस्ः
गेम खेल्दा प्ले जोनको पनि ख्याल गर्नुपर्छ । प्ले जोनमा ध्यान नदिँदा प्ले जोन बाहिरै मर्ने सम्भावना धेरै हुन्छ ।
त्यसैले पहिले अर्को जोन कहाँ बन्न सक्छ वा अर्को जोनमा कसरी खेल्ने, त्यो योजना बनाउनुहोस् । यसो गर्दा तपाईँ अझ धेरै समयसम्म गेममा जीवित रहन सक्नुहुनेछ ।
८) सर्कलको छेउबाट खेल्नुहोस्ः
सर्कलको छेउबाट खेल्दा तपाईँले कहिले जोन सिङ्क हुन्छ भन्ने कुरामा मात्र ध्यान दिए पुग्छ । प्रायः एनिमी सर्कलभित्र हुने भएकाले पछाडिबाट मार्ने सम्भावना कम हुन्छ ।
तर यदि तपाईँ म्यापको बीचमा हुनुहुन्छ भने तपाईँले सबैतिर नजर राख्नुपर्ने हुन्छ । त्यसैले म्यापको बीचबाट भन्दा सर्कलको छेउबाट खेल्दा केही फाइदा हुन्छ ।
९) कभरको लागि जमिन प्रयोग गर्नुहोस्ः
गेममा कभर लिनको लागि हामी सबैले घरहरूलाई प्रयोग गर्ने गरेका छौँ । तर घर भन्दा पनि राम्रो कभर जमिनले दिन सक्छ ।
अग्ला जमिनमा कभर लिँदा तपाईँले सबै साइडबाट राम्रोसँग देख्न सक्नुहुनेछ । साथै एनिमीसँग लड्न पनि सहज हुन्छ र ब्याक अफ लिनु ( केही पछाडि हट्नु) परेमा पनि सजिलो हुन्छ ।
१०) गेमको अन्तिममा सुरक्षित भएर खेल्नुहोस्ः
यदि तपाईँ गेममा धेरै समय जोगिए खेल्नु भएको छ भने तपाईँको लागि गेमको अन्तिम अवस्था झनै महत्त्वपूर्ण हुन्छ । गेमको अन्तिममा अझै केही समय धेरै बाँच्न सक्नुभयो भने गेम पोइन्ट धेरै पाउनु हुनेछ । त्यसैले अन्तिम अवस्थामा अझ धेरै सावधानी अपनाउनु पर्छ ।
खेल्ने क्षेत्र सानो हुने भएकाले तपाईँको नजिकै पनि एनिमीहरू हुन सक्छन् । यस्तो बेलामा तपाईँ बच्नु भयो भने केही एनिमी घटेपछि फाइट लिन सक्नुहुन्छ । जुन समयमा तपाईँले जित्ने सम्भावना पनि धेरै हुन्छ ।