close

२०० वाट फास्ट चार्जिङ सपोर्ट गर्ने नयाँ फोन ल्याउँदै भिभो

टेकपाना टेकपाना

जेठ २२, २०७९ १२:४७

२०० वाट फास्ट चार्जिङ सपोर्ट गर्ने नयाँ फोन ल्याउँदै भिभो

काठमाडौं । स्मार्टफोन निर्माता भिभोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोनमा काम गरिरहेको छ, जसले २०० वाट फास्ट चार्जिङ सपोर्ट गर्नेछ ।

टिप्स्टर डिजिटल च्याट स्टेसनले सामाजिक सञ्जाल वेइबोमा गरेको एक पोस्टअनुसार यो फोन उच्च गतिको चार्जिङ क्षमता सपोर्ट गर्ने कम्पनीको पहिलो फोन हुनेछ ।

बजारमा यसअघि भिभोले १०० वाट फास्ट चार्जिङ सपोर्ट गर्ने फोनमा काम गरिरहेको खबर बाहिरिएको थियो ।

तर कम्पनी २० भोल्टको चार्जिङ एडेप्टर विकास गर्न सफल भएपछि २०० वाट फास्ट चार्जिङ क्षमता सहितको स्मार्टफोन ल्याउने तयारीमा जुटेकाे छ ।

उक्त मोडलको स्मार्टफोनमा ४००० एमएएच क्षमताको ब्याट्री रहनेछ । चार्जिङ गति र ब्याट्री क्षमताबाहेक स्मार्टफोनका अन्य फिचर सार्वजनिक भइसकेको छैन ।

हाल कम्पनीको सबैभन्दा महँगो स्मार्टफोनको रूपमा रहेको स्मार्टफोन ‘भिभो एक्स८० प्रो’ले ८० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ, जसमा ४७०० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३