close

ईसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा १ हजार रूपैयाँसम्म क्यासब्याक पाइने

टेकपाना टेकपाना

जेठ २३, २०७९ १३:२९

ईसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा १ हजार रूपैयाँसम्म क्यासब्याक पाइने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रूपैयाँसम्म क्यासब्याक पाइने भएको छ ।

ईसेवामार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम रु. एक हजारसम्म क्यासब्याक पाइने भएको हो ।

यस्तो क्यासब्याक ४८ घण्टाभित्र पाइने ईसेवाले जनाएकाे छ ।

यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मितीबाट सात दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ । यसरी भुक्तानी गर्दा ईसेवाले हाल इन्स्योरेन्स्को शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ ।

यस योजनामा हरेकदिन एक जनाले एक हजार र बम्पर उपहारमा एक लाख रुपैयाँ जित्न सकिनेछ ।

साथै मेटलाइफका कुनैपनि शाखा कार्यालयका काउन्टरबाट ईसेवा तथा फोनपे को क्यूआर मार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ ।

हाल ईसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ । देशभर एक लाख ५० हजार भन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेको ईसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् ।

ईसेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या पनि करिब ६५ लाख पुगिसकेको छ ।

ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

यस्तै १५३ वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स् कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ ।

विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्स्का शाखा रहेका छन् । नेपाली बीमा बजारमा मेटलाइफले हरेक समय नयाँ र सर्वसाधारणका लागि उपयोगी जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ ।

नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना बीमा तथा स्वास्थ बीमा र सामूहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३