close

काठमाडौं महानगरको कल सेन्टरमा एक दिनमै ८०० ले गरे फोन

टेकपाना टेकपाना

जेठ २५, २०७९ १३:१७

काठमाडौं महानगरको कल सेन्टरमा एक दिनमै ८०० ले गरे फोन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको कल सेन्टरमा एक दिनमै ८०० भन्दा बढीले कल गरेका छन् ।  सोमबार उद्घाटन भएको कल सेन्टर औपचारिक रूपमा मंगलबारदेखि सञ्चालनमा आएको थियो ।

महानगरपालिकाका सूचना प्रविधि विभाग प्रमुख नवराज ढकालले मंगलबार मात्रै करिब ८०० ले कल गरेको जानकारी दिए । कल गर्नेमध्ये अधिकांशले आफ्नो क्षेत्रको फोहोर, खाल्डाखुल्डी र ढलको समस्याबारे गुनासो टिपाएका छन् ।

त्यस्तै मानिसहरूको कोभिड भ्याक्सिन कार्डको क्यूआर कोडका बारेमा पनि गुनासो गरेका थिए । कल सेन्टरमा फोन गर्ने केही नागरिकले जनप्रतिनिधिलाई शुभकामना र सुझाव दिएका थिए ।

केहीले कल सेन्टरको विचार उपयुक्त लागेको भन्दै प्रशंसा गरेका थिए भने केहीले कल सेन्टर सञ्चालनमा आएको हो/होइन बुझ्नलाई कल गरेका थिए ।

महानगरको कल सेन्टरमा आएका गुनासोको उपयुक्त जवाफ र समाधानका उपाय बताउने उद्देश्यले एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने व्यवस्था ल्याइएको हो । 

महानगरबासीले १६६००१०५५११ मा निःशुल्क फोन गरी आफ्नो समस्या तथा गुनासो टिपाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६