close

इन्स्टाग्राममा आयो पोस्ट पिन गर्ने सुविधा

टेकपाना टेकपाना

जेठ २५, २०७९ १८:२८

इन्स्टाग्राममा आयो पोस्ट पिन गर्ने सुविधा

काठमाडौं । सामाजिक सञ्जाल एप इन्स्टाग्रामले पनि पोस्ट पिन गर्ने फिचर ल्याएकाे छ । यो फिचर प्रयोग गरी प्रयोगकर्ताले आफ्नो टाइमलाइनमा तीनवटा पोस्ट वा रिल पिन गर्न सक्नेछन् ।

इन्स्टाग्रामले वैशाखमा परीक्षण गरिरहेको पोस्ट पिन गर्ने फिचर मंगलबार सार्वजनिक गरेको हो । यो फिचर विश्वभरका प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् ।

इन्स्टाग्रामको नयाँ फिचरका माध्यमबाट प्रयोगकर्ताले आफूलाई मन परेका पोस्ट वा रिल सबैभन्दा माथि देखाउन सक्छन् । यो फिचर क्रियटरहरूलाई उपयोगी हुने विश्वास लिइएको छ ।

किनेभने त्यसले क्रियटर कुन विषयसँग सम्बन्धित छ भन्ने कुराको जानकारी दिन्छ । यसअघि नै इन्स्टाग्रामले स्टोरीको फोटो वा टेक्स्ट टाइमलाइनमा राख्न मिल्ने फिचरका समावेश गरिसकेको छ ।

इन्स्टाग्राममा पोस्ट पिन गर्नका लागि तपाईंले सबैभन्दा पहिले एप अपडेट गर्न पर्ने हुन्छ । अपडेट गरिसकेपछि एप खोल्नुहोस् । त्यसपछि आफ्नो टाइमलाइनमा गएर पिन गर्न पर्ने पोस्ट ट्याप गर्नुहोस् ।

त्यसपछि माथि दायाँपट्टि रहेको तीनवटा डटमा ट्याप गर्नुहोस् । त्यहाँ पिन टु योर प्रोफाइल (Pin to your profile) भन्ने अप्सनमा ट्याप गरेर पोस्ट वा कुनै पनि रिललाई पिन गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६