close

निःशुल्क विद्युतीय चुलो पाउन यसरी दिनुहोस अनलाइन आवेदन

टेकपाना टेकपाना

जेठ २६, २०७९ १४:१३

निःशुल्क विद्युतीय चुलो पाउन यसरी दिनुहोस अनलाइन आवेदन

काठमाडौं । सरकारले बाहिरी जिल्लाबाट आएर काठमाडौंमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्ने भएको छ ।

यसका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले निवेदन आह्वान गरेको छ । विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क रुपमा यस्तो चुलो वितरण गर्न लागिएको हाे ।

निःशुल्क विद्युतीय चुलो पाउनका लागि सबैभन्दा पहिले लोपोन्मुख, आदिवासी, जनजाति र दलित समुदायको भएको परिचय खुल्ने कागजको प्रतिलिपि र सिफारिसपत्र तपाईंसँग हुनुपर्छ ।

त्यसपछि यहाँ क्लिक गरेर आवेदन दिने साइट (गुगल फर्म) मा जानुहोस् ।

-सबैभन्दा पहिले आफ्नो नाम टाइप गर्नुहोस् ।

-दोस्रोमा तपाईं पुरुष, महिला वा भन्न नचाहेको भन्ने तीनवटा विकल्पमध्ये एउटा छान्नुहोस् ।

-त्यसपछि प्रोभिन्स (प्रदेश) छान्नुपर्ने हुन्छ । त्यसमा तपाईंको स्थायी ठेगाना भएको प्रदेश छान्नुहोस् ।

-त्यसपछि डिस्ट्रिक्ट (जिल्ला) मा आफ्नो स्थायी ठेगाना भएको जिल्ला टाइप गर्नुहोस् ।

-त्यसको तल पर्मानेन्ट एड्रेस (स्थायी ठेगाना) राख्न भनिएको बक्समा तपाईंको स्थाई ठेगाना भएको स्थानीय पालिकाको नाम उल्लेख गर्नुहोस् ।

-त्यसको तल टेम्पोरोरी एड्रेस लेखिएको बक्स देख्न सकिन्छ । त्यसमा तपाईं हाल कुन ठाउँमा बस्नुहुन्छ, त्यो ठाउँको नाम उल्लेख गर्नुहोस् ।

-त्यसपछि आफ्नो सम्पर्क नम्बर राख्नुहोस् । तपाईंले सम्पर्क नम्बरको तल क्याम्पसको नाम राख्नुपर्ने हुन्छ । तपाईं कुन क्याम्पसमा अध्ययन गर्नुहुन्छ, त्यो उल्लेख गर्नुहोस् ।

-त्यसको तल तपाईं कुन तहमा अध्ययन गर्नुहुन्छ त्यो छान्नुहोस् ।

-त्यस्तै अन्तिममा आफ्नो ईमेल एड्रेस राखेर सब्मिटमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंको फर्म आधिकारिक साइटमा जान्छ ।

अनलाइन फारम भरी सकेपछि इमेलमा टोकन नम्बर प्राप्त हुनेछ । त्यसलाई समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनुपर्नेछ ।

त्यसपछि केन्द्रले आवश्यक अध्ययन गरी तपाईंलाई विद्युतीय चुलो वितरण गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६