close

डिजिटल मार्केटिङ र डेटा साइन्समा निःशुल्क तालिम दिँदै सनवे कलेज, कसरी हुने सहभागी ?

टेकपाना टेकपाना

जेठ २७, २०७९ ९:५६

डिजिटल मार्केटिङ र डेटा साइन्समा निःशुल्क तालिम दिँदै सनवे कलेज, कसरी हुने सहभागी ?

काठमाडौं । आईटी तथा व्यवस्थापन विषयमा अध्यापन गराउँदै आएको सनवे कलेजले निःशुल्क डिजिटल मार्केटिङ  र डेटा साइन्स तालिम दिने भएको छ ।  जुन १ तारिखदेखि ७ दिने ‘बुट क्याम्प’ सञ्चालनमा ल्याएको कलेजले सोही कार्यक्रम अन्तर्गतव यस्तो तालिम दिने भएको हो ।

यो वर्षको पहिलो र दोश्रो ब्याचको तालिम सम्पन्न भएको छ । लगत्तै तेस्रो ब्याचको तालिम जुन १५ देखि २२ तारिखसम्म सञ्चालनमा ल्याउने सनवेले जनाएको छ ।

यस वर्कशपमा सहभागी हुन जो कोहीले सहजै आवेदन दिन सक्नेछन् । साथै सहभागी हुन कुनै पनि शुल्क नलाग्ने कलेजले जनाएको छ ।

सम्बन्धित क्षेत्रका विज्ञहरूले दिने यो तालिमको पहिलो दिनमा डिजिटल बजारको बारेमा विस्तृत विवरण दिइनेछ । यस्तै, दोस्रो दिन सामग्री लेखन (कन्टेन्ट राइटिङ), तेस्रो दिन डिजाइनिङ विथ क्यानभा र चौथो दिन पर्सनल ब्रान्डिङको सीप सिकाइनेछ ।

यसैगरी पाचौँ दिन पिन्ट्रेस्ट मास्टर क्लास, छैटौँ दिन इन्ट्रोडक्सन एण्ड स्कोप अफ डेटा साइन्स र सातौँ दिन इन्ट्रोडक्सन टु एसईओ एण्ड एसईएमको तालिम दिइने कलेजले जनाएको छ । अन्य ठाउँबाट सो सरहको तालिम लिँदा ३० हजार भन्दा बढी रकम खर्च लाग्ने भए पनि सनवे कलेजले भने बुट क्याम्पमार्फत निःशुल्क गरेको हो ।

साथै सहभागीमध्ये उत्कृष्ट दुई जनालाई प्रति व्यक्ति दश हजार रुपैयाँ समेत दिइने कलेजका निर्देशक अमृत थापाले जानकारी दिए । डिजिटल बजारको क्षेत्र र यसको प्रयोगबारे विस्तृत ज्ञान दिनु नै यो वर्कशपको मुख्य उद्देश्य रहेको कलेजले जनाएको छ ।

वर्कशपमा सहभागी हुन इच्छुकहरूले सनवे कलेजको फेसबुक पेजमा मेसेज गरेर अथवा यहाँ क्लिक गरेर सजिलै आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । आगामी दिनमा हरेक महिना यो वर्कशप सञ्चालनमा ल्याउने योजना रहेको निर्देशक थापाको भनाइ छ । यसले डिजिटल मार्केटिङ  र डेटा साइन्समा बढ्दै गएको जनशक्तिको मागलाई समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६