close

धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा खोल्ने मेयर साम्पाङको घोषणा

टेकपाना टेकपाना

जेठ २७, २०७९ ११:१९

धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा खोल्ने मेयर साम्पाङको घोषणा

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर हाले मेयरमा निर्वाचित साम्पाङले त्यसका लागि गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

महावीर पुनको अगुवाइमा काठमाडौं कीर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनमा रहेको छ । वैज्ञानिक, स्टार्टअप तथा उद्यमशीलताको क्षेत्रमा खोज, अनुसन्धान र विकास गर्ने उद्देश्यका साथ आविष्कार केन्द्र सञ्चालनमा आएको हो ।

स्थानीय स्तरमा समेत त्यसको आवश्यकता महसुस गर्दै धरानमा समेत त्यसको शाखा खोल्ने योजना मेयर साम्पाङले बनाएका हुन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६