close

नाबालिकाको तस्वीर एडिट गरी अश्लील भिडिओ बनाउने व्यक्ति साइबर ब्यूरोको खोरमा

टेकपाना टेकपाना

जेठ २७, २०७९ १७:८

नाबालिकाको तस्वीर एडिट गरी अश्लील भिडिओ बनाउने व्यक्ति साइबर ब्यूरोको खोरमा

काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा काभ्रेका बिकेश सोजु पक्राउ परेको छन् । नाबालिकाको तस्वीर एडिट गरी अश्लील भिडिओ बनाई आफन्त तथा साथीभाइलाई पठाएर चरित्र हत्या गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।

२० वर्षीय सोजु काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. ६ चोच्छेका बासिन्दा हुन् । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंको अनुमतिले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले बुधबार पक्राउ गरेको हो ।

त्यसैगरी, सामाजिक सञ्जालमा पीडित महिलाको तस्वीर दुरुपयोग गरी समाजमा अपाच्य हुने खालको फोटो क्याप्सन सहित पोष्ट गरी पीडितको चरित्र हत्या गर्ने अर्का व्यक्ति समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजुमा बस्ने २० वर्षकी भोजकुमारी दाहाललाई पक्राउ गरिएको छ ।

उनलाई समेत विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो । दुवैलाई जिल्ला अदालतको बिहीबारको आदेशका आधारमा पाँचपाँच दिन, म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६