close

भीआर प्रविधिमा ठूलो लगानी गर्दै टिकटक

टेकपाना टेकपाना

जेठ २९, २०७९ १६:५१

भीआर प्रविधिमा ठूलो लगानी गर्दै टिकटक

काठमाडौं । टिकटकको मुख्य कम्पनी बाइटडान्सले भर्चुअल रियालीटी (भीआर) प्रविधिमा ठूलो लगानी गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम प्राटोकलका अनुसार कम्पनीले भीआरसँग सम्बन्धित कन्टेन्टमा ठूलो रकम लगानी गर्दैछ ।

लगानीमध्ये ठूलो रकम कर्मचारीमा खर्च हुनेछ । कम्पनीले अघिल्लो वर्षमात्रै चिनियाँ भीआर हेडसेट निर्माता कम्पनी ‘पीको’ लाई खरिद गरेको थियो ।

पीकोका लागि कम्पनीले हालै ४० जना कर्मचारी माग गरेको छ । साथै कम्पनीले पीकोको शाखा क्यालिफोर्निया र वासिङ्टनमा समेत खोल्ने तयारी गरेको छ ।

त्यसका लागि कम्पनीले भीआर गेम स्ट्राटेजी र गेम अपरेसन म्यानेजर पदमा कर्मचारी मागेको छ । भने, बाँकीमा भीआर हार्डवेयरका लागि कर्मचारी माग भएको छ ।

भीआर प्रविधिका लागि सुरुवाती चरणमा रहेको पीकोमा गरिएको यो लगानीले बाइटडान्स भीआर कन्टेन्टमा अग्रसर भएकाे विश्लेषण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६