close

ट्वीटरका कर्मचारीलाई पहिलो पटक सम्बोधन गर्दै एलन मस्क

टेकपाना टेकपाना

जेठ ३१, २०७९ १६:२३

ट्वीटरका कर्मचारीलाई पहिलो पटक सम्बोधन गर्दै एलन मस्क

काठमाडौं । एलन मस्कले आउँदो बिहीबार ट्वीटरका कर्मचारीलाई सम्बोधन गर्ने भएका छन् । ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने सम्झाैतापछि पहिलाे पटक मस्कले ट्वीटरका कर्मचारीलाई सम्बाेधन गर्न लागेका हुन् ।

हुन त अझै पनि ट्वीटर खरिदको प्रक्रिया पूर्णरुपमा सम्पन्न भइसकेको छैन । आगामी अगस्टमा ट्वीटर बिक्रीका लागि शेयर धनीहरूको भोटिङ हुनै बाँकी छ ।

अर्कोतर्फ अघिल्लो सातामात्रै ट्वीटरमा रहेका स्पाम अकाउन्टको जानकारी नदिएको खण्डमा खरिद प्रक्रिया नै रद्द गर्ने भन्दै मस्कले धम्की दिएका थिए ।

तर, यसैबीच मस्कले ट्वीटरका कर्मचारीलाई सम्बोधन गर्ने विषय बाहिरिएको छ ।

ट्वीटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले पठाएको पत्रका आधारमा यो सम्बोधन यही बिहीबार हुँदैछ, जसमा मस्क आफैंले कर्मचारीबाट सोझै प्रश्न लिनेछन् ।

हाल कम्पनीमा कार्यरत कर्मचारीबीचमा मस्कको विषयमा फरक-फरक मत रहेको अवस्था छ । कसैले मस्कको परिवर्तनीय व्यवहारले कम्पनीको व्यवसायमै असर पार्ने र कम्पनीलाई आर्थिक रुपमा प्रभाव पार्नसक्ने चेतावनी दिइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३