close

साथीमार्टको १०३औं आउटलेट कोटेश्वरमा, अनलाइनबाट सामान मगाउन सकिने

टेकपाना टेकपाना

जेठ ३१, २०७९ १६:४५

साथीमार्टको १०३औं आउटलेट कोटेश्वरमा, अनलाइनबाट सामान मगाउन सकिने

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन तथा ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टको नयाँ आउटलेट नरेफाट, कोटेश्वर-३२ मा सञ्चालनमा आएको छ । उक्त आउटलेट साथीमार्टको १०३औँ आउटलेट हो ।

विगतमा बैंकिङ क्षेत्रमा आवद्ध रहेकी रितु शाक्य र चान्सर प्रिन्टरकी सञ्चालक लक्ष्मी बाडे श्रेष्ठले फेन्चाइज लिएर साथीमार्ट सुरु गरेका हुन् ।

‘मार्टको सुरुवाती दिनदेखि नै निःशुल्क होम डेलिभरी दिने योजना रहेको छ । साथै नरेफाट नगरबासीहरूलाई स्मार्ट शपिङको अनुभव दिने हिसाबले साथीमार्टको ब्रान्डसँग जोडिएको हुँ,’ सञ्चालक श्रेष्ठले भनिन् ।

६५० वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्टलगायतका सामान उपलब्ध छन् ।

साथीमार्ट ओटुओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, अफिलिएट मार्केटिङ, डिस्टिब्युटरशिपजस्ता सुविधा हुने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३