close

सूचना प्रविधि पार्कको निर्माण सुरु गर्ने बागमती प्रदेशको घोषणा 

टेकपाना टेकपाना

असार १, २०७९ १८:५३

सूचना प्रविधि पार्कको निर्माण सुरु गर्ने बागमती प्रदेशको घोषणा 

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र सूचना प्रविधि पार्कको निर्माण कार्य सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै प्रदेश अर्थमन्त्री शालिकराम जम्कट्टेलले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार प्रदेशभित्र उपयुक्त स्थानमा सूचना प्रविधि पार्क निर्माण सुरु गरिनेछ । त्यस्तै सञ्चार माध्यमहरूलाई एकीकृत रूपले सेवा प्रवाह गर्न प्रदेश सञ्चारग्राम स्थापनाका लागि समेत बजेट छुट्ट्याइएको उनले बताए ।

‘प्रदेश सरकारका गतिविधिबारे आम नागरिकमा सहज ढङ्गले सूचना प्रवाह गर्न प्रदेश सूचना केन्द्र स्थापना गरिनेछ,’ उनले भने । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३