close

सरकारी कामकाजमा सूचना प्रविधिमार्फत कागजको प्रयोग घटाउने बागमती प्रदेशको घोषणा 

टेकपाना टेकपाना

असार १, २०७९ १९:२६

सरकारी कामकाजमा सूचना प्रविधिमार्फत कागजको प्रयोग घटाउने बागमती प्रदेशको घोषणा 

काठमाडौं ।  बागमती प्रदेशले कागजको प्रयोग घटाउने घोषणा गरेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।

बजेट वक्तव्य अनुसार परदेश सरकारबाट प्रवाह हुने सेवालाई सूचना प्रविधिको प्रयोगबाट सेवाग्राहीमैत्री बनाइनेछ ।

‘सेवा प्रवाहका क्रममा कागजको प्रयोग घटाइनेछ,’ बजेट वक्तव्यमा भनिएको छ, ‘प्रदेशका निकायहरूमा अनियमितता र भष्ट्राचारजन्य क्रियाकलापलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३