close

गण्डकी प्रदेशमा अब अनलाइनबाटै सवारी कर तिर्न सकिने

टेकपाना टेकपाना

असार १, २०७९ १९:२०

गण्डकी प्रदेशमा अब अनलाइनबाटै सवारी कर तिर्न सकिने

काठमाडौं । गण्डकी प्रदेशले सवारी साधनको कर दस्तुर अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था मिलाउने भएको छ ।

बुधबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्  ।

मन्त्री बरालले यातायात व्यवस्था कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउन, सवारी साधनको कर दस्तुर अनलाइन प्रणालीबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउन बताएका हुन् ।

साथै सवारी चालक अनुमतिपत्र छिटो छरितो रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउन आवश्यक स्राेतको व्यवस्था गरेको समेत उनले जानकारी दिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३