काठमाडौं । कर्णाली प्रदेशले प्रदेशका सबै जिल्लाका माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ क्रियाकलापहरू सञ्चालन गर्ने कार्यक्रम ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत यस्तो कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उनका अनुसार वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सूचना प्रविधि ल्याबको स्थापना गर्ने व्यवस्था मिलाइएको छ ।