close

सुदूरपश्चिममा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न वित्तीय साक्षरता कार्यक्रम 

टेकपाना टेकपाना

असार १, २०७९ २१:२४

सुदूरपश्चिममा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न वित्तीय साक्षरता कार्यक्रम 

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विद्युतीय साक्षरता कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रदेश सरकारका अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत यस्तो कार्यक्रम ल्याएका हुन् ।

वित्तीय सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न र विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहित गर्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा वित्तीय साक्षरता, अभिभुखिकरण एवम् क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने बताइएको छ । यसका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको अर्थमन्त्री रावलले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३