close

रियल लाइफ ‘स्क्विड गेम’ प्रतिस्पर्धा गर्ने नेटफ्लिक्सको घोषणा, जित्नेलाई ५७ करोड पुरस्कार

टेकपाना टेकपाना

असार २, २०७९ १५:२६

रियल लाइफ ‘स्क्विड गेम’ प्रतिस्पर्धा गर्ने नेटफ्लिक्सको घोषणा, जित्नेलाई ५७ करोड पुरस्कार

काठमाडौं । नेटफ्लिक्सले आफ्नो चर्चित सिरिज ‘स्क्विड गेम’ लाई यथार्थमा परिणत गरी रियालिटी शाे गर्ने भएकाे छ । कम्पनीले रियालिटी शोमा हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशिका साथ यो प्रतिस्पर्धा गराउने तयारी गरेको हो ।

‘स्क्विड गेमः द च्यालेन्ज’ नाम दिइएकाे यो प्रतिस्पर्धा पूर्ण रुपमा ‘स्क्विड गेम’ मा आधारित भएर सञ्चालन हुने जनाइएकाे छ, जसमा स्क्विड गेममा जस्तै स्क्विड गेमरेड लाइट, ग्रिन लाइट र हनिकम्ब च्यालेन्ज हुनेछ ।

यस प्रतिस्पर्धामा विजयी हुनेले ४.५६ मिलियन अमेरिकी डलर अर्थात् ५७ करोड नाै लाख रुपैयाँभन्दा बढी प्राप्त गर्नेछन् ।

नेटफ्लिक्सका अनुसार यो प्रतिस्पर्धा १० ओटा एपिसोडमा विभाजन हुनेछ, जसमा ४५६ जना खेलाडी सहभागी हुनेछन् ।

याे रियालिटी शाेकाे छायांकन बेलायतमा रहेको कम्पनीको स्टुडियोमा हुने जनाइएको छ । प्रतिस्पर्धामा सहभागी हुन इच्छुकले अनलाइन आवेदन दिन सक्नेछन् ।

याे सिरिज कहिले सार्वजनिक हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । तर, कम्पनीकाे सूचनामा सन् २०२३ को सुरुमै खेलाडी उपस्थित भइसक्नुपर्ने उल्लेख छ ।

कम्पनीले यो खेलमा स्क्विड गेममा जस्तो मानवीय क्षतिजस्ता विषय भने समावेश नगर्ने बताएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३