close

नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा टेलिकमले डेटा शुल्क नलिने

टेकपाना टेकपाना

असार ३, २०७९ ९:३६

नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा टेलिकमले डेटा शुल्क नलिने

काठमाडौं । अब नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ एप प्रयोग गर्दा टेलिकमको नेटवर्कमा डेटा शुल्क नलाग्ने भएको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको मोबाइल प्रयोग गर्ने ग्राहकलाई यस्तो सुविधा दिइने भएको हो ।

यसका लागि नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच बुधबार सम्झौतामा नेपाल टेलिकमका प्रमुख व्यापार अधिकृत सङ्गीता पहाडी र नेपाल बैंक लिमिटेडका प्रमुख वित्त अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

भद्रकाली स्थित नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा भएको उक्त सम्झौताका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार टेलिकमको मोबाइल नम्बर प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङमा रजिस्टर गर्ने सम्पूर्ण ग्राहकले यो सुविधा पाउनेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३