close

अब लाइटरूम एपमा पनि भिडिओ एडिट गर्न मिल्ने

टेकपाना टेकपाना

असार ३, २०७९ १०:१२

अब लाइटरूम एपमा पनि भिडिओ एडिट गर्न मिल्ने

काठमाडौं । एडोबीको फोटो एडिटिङ एप लाइटरूमा अब भिडिओ एडिटिङ फिचर थापिने भएको छ । यसै हप्ता आउने अपडेटमार्फत लाइटरूमका प्रयोगकर्ताले एपमा भएका टुल प्रयोग गरी भिडिओमा कलर ग्रेड गर्न सक्नेछन् ।

लाइटरूमका सेटिङहरू पहिले भिडिओमा कलर ग्रेड गर्न प्रयोग गर्ने एपभन्दा सहज हुनेछन् । त्यस्तै लाइटरूमका फिचरसँग परिचित प्रयोगकर्ताले भिडिओलाई आफूले चाहेजस्तो बनाउन सक्छन् ।

यसको अर्थ लाइटरूम भिडिओ एडिटिङ एपमा परिणत हुन्छ भन्ने चाहिँ होइन । लाइटरूमको नयाँ टुलमार्फत फुटेजमा कलर ग्रेड गर्नुका साथै भिडिओ क्लिपहरू ट्रिम गर्न सकिन्छ ।

तर, लाइटरूमका माध्यमबाट भने टाइमलाइनमा क्लिपहरू एरेन्ज गर्न सकिँदैन । यो फिचर छोटाछोटा क्लिपहरू खिच्ने फोटोग्राफरका लागि भने उपयोगी हुन सक्छ ।

लाइटरूमले ल्याउन लागेको भिडिओ एडिटिङ फिचर डेस्कटप र मोबाइल एप दुवैमा उपलब्ध हुनेछ । यो सुविधा लाइटरूम क्लासिकमा भने उपलब्ध हुने छैन । किनभने यसले केही केही सीमित भिडिओ फिचरहरू उपलब्ध गराउँदै आएको छ ।

लाइटरूम र लाइटरूम क्लासिकमा केही उपयोगी फिचहरू आउने भएका छन् । जसमा इन्टेन्सिटी स्लाइडरलाई डायल इफेक्ट अप वा डाउन गर्ने र कुनै विशेष भाग जस्तै सब्जेक्ट वा स्काई मा एडप्टिभ प्रिजेन्ट फिल्टर गर्ने फिचर समावेश हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३