close

पब्जी निर्माता कम्पनी क्राफ्टनले सार्वजनिक गर्‍यो पहिलो भर्चुअल मानिस

टेकपाना टेकपाना

असार ४, २०७९ १०:२२

पब्जी निर्माता कम्पनी क्राफ्टनले सार्वजनिक गर्‍यो पहिलो भर्चुअल मानिस

काठमाडौं । पब्जी निर्माता कम्पनी क्राफ्टनले कम्पनीको पहिलो भर्चुअल मानिस सार्वजनिक गरेको छ । कम्पनीले हाइपररियालिजम, रिगिङ र डिप लर्निङमा आधारित भर्चुअल मानिस निर्माण गरेको हो, जसलाई ‘आना’ दिइएको छ ।

कम्पनीले यो वर्षको फेब्रुअरी महिनामा नै आना सार्वजनिक गर्ने योजना बनाएको थियो । कम्पनीको वेब ३.० इकोसिस्टमलाई स्थापित गर्न यो भर्चुअल मानिस निर्माण गरिएको कम्पनीको भनाइ छ ।

विश्वभरका प्रयोगकर्ताले यो भर्चुअल मानिसलाई सहजै स्वीकार गर्न सकुन् भन्ने उद्देश्यले कम्पनीले डिजिटल क्यारेक्टर र वास्तिक मानिसहरूबीचको अन्तरलाई पुर्न काम गरेको जनाइएको छ ।

भो भर्चुअल मानिसको तस्वीर हेर्दा ठ्याक्कै कुनै वास्तविक मानिसकै तस्वीरजस्तो देखिन्छ । यो तस्वीर कुनै महिलाको तस्वीरजस्तै छ ।

यो तस्वीरमा वास्तविक मान्छेको जस्तै आँखाका नानीहरू, कपाल, दाँत, चिउँडो लगायत अनुहारको आकृति यो भर्चुअल मानिसमा दिइएको छ ।

हाललाई यो भर्चुअल मानिसको टाउकोको भाग मात्र सार्वजनिक गरिएको छ । यो भन्दा अगाडि कम्पनीले एउटा सिनेम्याटिक भिडिओ पनि सार्वजनिक गरेको थियो जसमा वास्तविक मानिस जस्तै देखिने केही भर्चुअल मानिसहरू ब्याटल गरिरहेको देख्न सकिन्छ ।

यद्यपि ती भर्चुअल मानिसहरू पूर्ण रुपमा वास्तविक मानिस जस्तो भने देखिएका छैनन् ।

साथै मनोरञ्जन र ई-स्पोर्टसको क्षेत्रमा आनालाई एक इन्फ्लुएन्सरको रुपमा प्रस्तुत गर्ने बताएको छ । यो वर्षको अन्त्यसम्ममा कम्पनीले आनाको विषयमा थप विवरण सार्वजनिक गर्ने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३