close

बाइटडान्सले ३ वर्षअघि खरिद गरेको गेम डेभलपमेन्ट स्टुडियो बन्द

टेकपाना टेकपाना

असार ५, २०७९ १६:१०

बाइटडान्सले ३ वर्षअघि खरिद गरेको गेम डेभलपमेन्ट स्टुडियो बन्द

काठमाडौं । टिकटकको मुख्य कम्पनी बाइटडान्सले तीन वर्षअघि खरिद गरेको गेम डेभलपमेन्ट स्टुडियो बन्द गरेको छ । योसँगै त्यहाँ कार्यरत १०० भन्दा बढी कर्मचारीले जागिर गुमाएका छन् ।

यसअघि कम्पनीले सन् २०१९ मा गेम डेभलपमेन्ट कम्पनी ‘१०१ स्टुडियो’ खरिद गरेको थियो । तर, स्टुडियोले सोचेअनुरूप काम गर्न नसके पश्चात कम्पनीले बन्द गर्ने निर्णय गरेको बताइएको छ ।

हुन त यस विषयमा हालसम्म कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन । तर, अन्तर्राष्ट्रिय सञ्चार माध्यमले कम्पनीले स्टुडियो बन्द गरेको विषयमा जानकारी दिएका छन् ।

उक्त स्टुडियोमा करिब तीन सय कर्मचारी कार्यरत थिए । त्यसमध्ये दुई सय कर्मचारीलाई बाइटडान्समा सारिएको र बाँकी एक सय जनालाई भने बिदाइ गरिएको उल्लेख छ ।

कम्पनीले गेममा टेनसेन्टको प्रभुत्वलाई अन्त्य गर्ने उद्देश्यका साथ यो स्टुडियो खरिद गरको थियो । तर, स्टुडियोले योजना अनुरूप काम गर्न नसक्दा बन्द नै गर्नुपर्ने भएको जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३