close

वनप्लसका सह-संस्थापक भन्छन्- ह्वाट्सएप र गुगल मेसेजभन्दा एप्पलको आईमेसेज राम्रो

टेकपाना टेकपाना

असार ६, २०७९ १९:१३

वनप्लसका सह-संस्थापक भन्छन्- ह्वाट्सएप र गुगल मेसेजभन्दा एप्पलको आईमेसेज राम्रो

काठमाडौं । एप्पलको आईमेसेज मेसेजिङ एपका हिसाबले त्यति प्रचलनमा छैन । एप्पलले आफ्ना प्रडक्टमा डिफल्ट मेसेजिङ प्लेटफर्मका रुपमा आईमेसेज नै उपलब्ध गराउँदै आएको छ ।

तर, पनि धेरै आईफोन प्रयोगकर्ताले आईमेसेजको ठाउँमा ह्वाट्सएपजस्ता मेसेजिङ एप नै प्रयोग गरिरहेका हुन्छन् । मेसेजिङका लागि सुरक्षित एपको रुपमा हेरिएकाले पनि ह्वाट्सएपका प्रयोगकर्ता अर्बौंको संख्यामा छन् ।

हुन त कुन मेसेजिङ एप प्रयोग गर्ने भन्ने विषय प्रयोगकर्ताको आफ्नै रोजाइको विषयमा हो । यसैबीच वनप्लका सह-संस्थापक कार्ल पेईले भने आफूले ह्वाट्सएप, गुगल मेसेजभन्दा आईमेसेज रुचाउने बताएका छन् ।

पेई हाल वनप्लसबाट बाहिरिएर आफ्नै नयाँ स्मार्टफोन ‘नथिङ’ ल्याउने तयारीमा छन् । आउँदो महिनामा नथिङको पहिलो स्मार्टफोन सार्वजनिक हुँदैछ ।

ट्वीटरमा एन्ड्राेइड पाेलिसकाे एक ट्वीटमा रिप्लाई दिँदै उनले मेसेजिङ एपका रुपमा आफू टेलिग्राम, ह्वाट्सएप, विच्याट, गुगल मेसेजभन्दा आईमेसेज नै प्रयोग गर्न रुचाउने धारणा राखेका छन् ।

उनले यूआई र यूएक्स दुवै हिसाबले आईमेसेज प्रभावकारी भएको उनकाे भनाइ छ । साथै सुरक्षाको हिसाबले पनि आईमेसेजमा बढी भर पर्न सकिने उनको तर्क छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३