close

गुगल, मेटा, ट्वीटर लगायतका कम्पनीलाई जरिवाना तिराउँदै जापान 

टेकपाना टेकपाना

असार ७, २०७९ ७:४५

गुगल, मेटा, ट्वीटर लगायतका कम्पनीलाई जरिवाना तिराउँदै जापान 

काठमाडौं । जापानी सरकारले मेटा, गुगल, ट्वीटर लगायत ४८ प्रविधि कम्पनीहरूलाई जरिवाना तिराउने तयारी गरेको छ । यी कम्पनीले जापानमा नै छुट्टै कार्यालय (हेडक्वार्टर) स्थापना नगरेको आरोपमा सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको रोयटर्सले जनाएकाे छ ।

जापानी सरकारले पहिलेदेखि नै यी अन्तर्राष्ट्रिय कम्पनीहरूलाई देशमा नै क्षेत्रीय कार्यालय सञ्चालन गरेर आफ्नो सेवा प्रवाह गर्न आह्वान गर्दै आएको थियो ।

यद्यपि कम्पनीहरूले अहिलेसम्म पनि छुट्टै कार्यालय सञ्चालन नगरेपछि जापानी सरकारले जरिवाना तिराउने निर्णय गरेको हो । 

कम्पनीहरूलाई कति जरिवाना तिराइनेछ अथवा कस्तो प्रकारको कारबाही हुनेछ भन्ने विषयमा भने अहिलेसम्म कुनै जानकारी आएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३