close

क्रिप्टो र एनएफएटीसँग सम्बन्धित अकाउन्टमाथि वीच्याटकोे प्रतिबन्ध

टेकपाना टेकपाना

असार ११, २०७९ १४:३४

क्रिप्टो र एनएफएटीसँग सम्बन्धित अकाउन्टमाथि वीच्याटकोे प्रतिबन्ध

काठमाडौं । चिनियाँ मेसेजिङ एप वीच्याटले क्रिप्टो, एनएफटीजस्ता डिजिटल क्वाइनसँग सम्बन्धित अकाउन्टलाई प्रतिबन्ध लगाएको छ ।

चिनियाँ सरकारले केही समयअघि क्रिप्टोकरेन्सीलाई अवैध घोषणा गरी कुनै पनि बाहिरी क्रिप्टोकरेन्सीलाई मान्यता नदिने निर्णय गरेको थियो ।

त्योसँगै यतिबेला सरकारले क्रिप्टोसँग सम्बन्धित सम्पूर्ण गतिविधिमै राेक लगाएकाे छ । यस्तोमा चीनको सबैभन्दा लोकप्रिय मेसेजिङ एप विच्याटले पनि आफ्नो प्लेटफर्ममा रहेका क्रिप्टो र एनएफटीसँग सम्बन्धित अकाउन्टलाई प्रतिबन्ध लगाएकाे हाे ।

कम्पनीले हाल सञ्चालनमा रहेका र आगामी दिनमा सञ्चालनमा आउने क्रिप्टो र एनएफटीसँग सम्बन्धित कुनै पनि अकाउन्ट वीच्याटमा हुने छैनन् ।

त्यसका लागि वीच्याटले आफ्नो नयाँ शर्त लागू गरेकाे छ, जसमा प्रयोगकर्ताले बिटक्वाइन र एनएफटीसँग सम्बन्धित अकाउन्ट बनाउन र सञ्चालनमा ल्याउन नपाउने उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३