close

तपाईंको नेटफ्लिक्स अकाउन्ट कतिवटा डिभाइसमा कनेक्ट छ ? यसरी चेक गर्नुहोस्

टेकपाना टेकपाना

असार १३, २०७९ १०:१

तपाईंको नेटफ्लिक्स अकाउन्ट कतिवटा डिभाइसमा कनेक्ट छ ? यसरी चेक गर्नुहोस्

काठमाडौं । भिडिओ स्ट्रिमिङ एप सब्स्क्रिप्सम मोडेलमा चल्ने गर्छ । यसको अर्थ हो, भिडिओ हेर्नका लागि त्यसमा निश्चित शुल्क तिर्नुपर्ने हुन्छ ।

विभिन्न भिडिओ हेर्नका लागि सब्स्क्रिप्सन प्लान खरिद  गर्नुपर्ने भएकाले धेरैले आफन्त वा साथीभाइको अकाउन्ट माग्ने गर्छन् । हामीमध्ये कतिपयले आफ्नो नेटफ्लिक्सको युजरनेम र पासवर्ड अरूलाई दिएका हुनसक्छौं ।

नेटफ्लिक्स अकाउन्ट सामान्यतः पाँच डिभाइसमा प्रयाेग गर्न सकिन्छ । तर, सब्स्क्रिप्सन अनुसार फरक पनि पर्नसक्छ ।

तपाईंले प्रयोग गरिरहेको नेटफ्लिक्स अकाउन्ट अन्य कुन-कुन डिभाइसमा प्रयोग भइरहेकाे छ भन्ने जानकारी तल उल्लेख गरिएको छ ।

  • सबैभन्दा पहिले नेटफ्लिक्समा अकाउन्ट लगइन गर्नुहोस् ।
  • त्यसपछि होम स्क्रिनमा देखाइको विभिन्न प्रोफाइलमध्ये आफ्नो प्रोफाइल ट्याप गर्नुहोस् ।
  • अब माथि दायाँपट्टि देखिएको प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि अकाउन्टको अप्सन छान्नुहोस् ।
  • ‘मेनेज डाउनलोड डिभाइस’ मा ट्याप गर्नुहोस् । त्यहाँ भएका कुनै पनि डिभाइस आफ्नो होइन भन्ने निश्चित भएको खण्डमा तल रहेको रिमुभ डिभाइसमा ट्याप गर्नुहोस् ।
  • यदि तपाईंलाई कनेक्ट भएका सम्पूर्ण डिभाइसबाट अकाउन्ट हटाउनु छ भने पहिले गएको सेटिङ अप्सनमा जानुहोस् ।
  • त्यसपछि साइन आउट अफ अल डिभाइसमा ट्याप गर्नुहोस् । अनि साइन आउटमा ट्याप गरी कन्फर्म गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३