close

जाभास्क्रिप्ट बन्यो लोकप्रिय प्रोग्रामिङ ल्याङ्ग्वेज, अरू विधामा कुन-कुन छन् अगाडि ?

टेकपाना टेकपाना

असार १३, २०७९ ८:५६

जाभास्क्रिप्ट बन्यो लोकप्रिय प्रोग्रामिङ ल्याङ्ग्वेज, अरू विधामा कुन-कुन छन् अगाडि ?

काठमाडाैं । स्ट्याक ओभरफ्लाेले हालै विश्वभरका सात लाख ९४६ जना डेभलपरमाझ एक सर्वेक्षण गरेको छ । प्रोफेसनल कोडर र कोडिङ सिक्दै गरेका समूहबीच गरिएको याे सर्वेक्षणमा सहभागीलाई विभिन्न विधाका प्रश्न गरिएको थियो ।

यसअन्तर्गत प्राेग्रामिङदेखि अपरेटिङ सिस्टमसम्म कुन प्रविधि मनपर्छ भनेर सर्वेक्षण गरिएकाे थियाे ।

प्राप्त जवाफका आधारमा स्ट्याक ओभरफ्लाेले लाेकप्रिय प्रोग्रामिङ ल्याङ्वेज, डेटाबेस, क्लाउड प्लेटफर्म, वेब फ्रेमवर्क, आईडीई (इन्टिग्रेटेड डेभलपमेन्ट इन्भाइराेमेन्ट), असिङ्क्रोनस, सिङ्क्रोनस टुल  र अपरेटिङ सिस्टमको जानकारी सार्वजनिक गरेकाे छ ।   

प्रोग्रामिङ 

यस पटक पनि जाभास्क्रिप्ट सर्वाधिक प्रयोग हुने प्रोग्रामिङ ल्याङ्ग्वेजमा  पर्न सफल भएको छ । स्ट्याक ओभरफ्लोको सर्भेमा लगातार दशौ पटक जाभास्क्रिप्ट पहिलो नम्बरमा परेको हो । कोडिङ सिक्दै गरेकाहरुमा भने एचटीएमएल, सीएसएस, जाभास्क्रिप्ट र पाइथन लाेकप्रिय छन् ।     

डेटाबेस 

प्रोफेसनल डेभलपरले माइस्क्युएल (MySQL) भन्दा पोस्टग्रे स्क्युएल (PostgreSQL) धेरै प्रयोग गरेको पाइएको छ ।  त्यस्तै मंगोडीबी (MongoDB) पनि प्रोफेसनल डेभलपर र कोडिङ्ग सिक्दै गरेका प्रोग्रामरहरुमा समान प्रयोग भएको पाइएको छ ।  

क्लाउड प्लेटफर्म 

एडब्लूएस् (AWS) सर्वाधिक प्रयोग हुने क्लाउडमा फेरि पनि परेको छ । एजर (Azure) दोस्राे स्थानमा रहेको छ ।  गुगल क्लाउड भने दोस्राे स्थानबाट तल झरेको छ ।    

वेब फ्रेमवर्क 

नोड जेएस (Node.js) र रियाक्ट जेएस (React.js) सर्वाधिक प्रयोग हुने वेब टेक्नोलोजीमा आएका छन् । त्यस्तै एङ्गुलर जेएस (Angular js) भने कोडिङ्ग सिक्नेभन्दा प्रोफेसनल डेभलपरले धेरै प्रयोग गर्ने गरेका छन् ।   

आइडीई (IDE)

भिज्युअल स्टुडियो कोड (Visual Studio Code) सबै डेभलपरमाझ सर्वाधिक रुचाइएको आईडीई बनेको छ ।

त्यस्तै असिङ्क्रोनस टुलमा जिरा (Jira) र सिङ्क्रोनस टुलमा जुम (Zoom) , माइक्रोसफ्ट  टिम  (Microsoft Teams) र स्ल्याक (Slack) पपुलर रहेका छन् ।  

अपरेटिङ सिस्टम 

विन्डोज कोडिङ्ग सिक्ने र प्रोफेसनल डेभलपरमाझ सर्वाधिक प्रयोग भएको पाइएको छ भने प्रोफेसनल डेभलपरको मात्र डेटा हेर्दा लिनक्स अपरेटिङ्ग सिस्टम धेरै प्रयोग गरिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३