काठमाडौं । नासाले अमेरिका भन्दा बाहिरबाट पहिलो पटक अन्तरिक्षयानको सफल प्रक्षेपण गरेको छ । नासाले अष्ट्रेलियाको उत्तरी भूभागबाट सोमबार अन्तरिक्षयानको प्रक्षेपण सम्पन्न गरेको हो ।
नासाले अमेरिकी भूभाग भन्दा बाहिरको व्यावसायिक स्पेसपोर्ट (अन्तरिक्ष प्रक्षेपण गर्ने स्थान) बाट अन्तरिक्षयान प्रक्षेपण गरेको यो नै पहिलो पटक हो। प्रक्षेपण गरिएको अन्तरिक्षयानले पृथ्वीको सबैभन्दा नजिक रहेको अल्फा सेनटोरी ए र बी समूहका ताराहरूको अवलोकन गर्नेछ ।
अल्फा सेन्टोरी अष्ट्रेलियाको लागि निकै नै महत्त्वपूर्ण छ । यो स्टार सिस्टमलाई अष्ट्रेलियाको दक्षिणी भूभागबाट मात्र देख्न सकिन्छ । त्यसैले पनि अष्ट्रेलियाको झन्डामा समेत सोही तारा समूहको संकेत राखिएको छ ।
अर्कोतर्फ आफ्नो देशबाट पहिलोपटक अन्तरिक्षयानको उडान गरेर अष्ट्रेलियाले इतिहास रचेको छ । यो सँगै अष्ट्रेलियाबाट अर्को दुई प्रक्षेपण जुलाई २ र जुलाई १२ मा हुने बताइएको छ ।