close

पब्जी गेममा नयाँ म्याप आउँदै

टेकपाना टेकपाना

असार १४, २०७९ १३:३४

पब्जी गेममा नयाँ म्याप आउँदै

काठमाडौं । चर्चित गेम पब्जीमा नयाँ म्याप थपिने भएको छ । पब्जीको डेभलपर कम्पनी क्राफ्टनले नयाँ म्याप ‘डेस्टोन’ जुलाई १३ मा सार्वजनिक गर्ने घोषणा गरेकाे छ ।

यो म्याप पहिला पीसी प्रयाेगकर्ताका लागि खेल्नेहरुका लागि उपलब्ध हुनेछ । पब्जी मोबाइलमा भने यो म्याप कहिले आउँछ भन्ने कुराको जानकारी दिइएकाे छैन ।

यो म्याप आधुनिक सहर र पानीमा आधारित छ, जसको ग्रिड 8kmx8km को हुनेछ । यो म्यापको मुख्य सहरको रुपमा स्वाम्प, कन्सर्ट, एसेम्ली, एरिना, रिप्टन र हाइड्रोइलेक्ट्रिक ड्याम रहनेछन् ।

यो म्यापमा एसेन्डर, एयरबोट थप गरिएको छ । एसेन्डरले गेममा भएका भवनहरुमा चढ्न तथा ओर्लन मद्दत गर्छ भने एयरबोट एउटा द्रुत गतिको डुङ्गा हो ।

यसबाहेक म्यापमा नयाँ गन ‘ओ ट्वेल्भ’ (O 12) पनि थप गरिएको छ, जसमा तीव्र गतिको फायर रेट रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३