close

विन्डोजमा यसरी सेट गर्नुहोस् शर्टकट की

टेकपाना टेकपाना

असार १५, २०७९ १५:१५

विन्डोजमा यसरी सेट गर्नुहोस् शर्टकट की

काठमाडाैं । सजिलो युजर इन्टरफेस भएको हुनाले धेरै प्रयाेगकर्ताले विन्डाेज अपरेटिङ सिस्टम मन पराउँछन् । विन्डोजको कस्टमाइजेसन एक प्रभावकारी फिचर हाे ।

विभिन्न एप्लिकेसनका लागि आफैंले शर्टकट की सेटअप गरेर छिटो र स्मार्ट तरिकाले विन्डोज चलाउन सकिन्छ । आज हामी शर्टकट की सेटअप गर्ने प्रक्रियाबारे चर्चा गर्दैछाैं ।

शर्टकट कीले कामलाई सजिलोमात्र नभई स्मार्ट ढंगले गर्न मद्दत पुर्‍याउँछ । तर शर्टकट की सेटअप गर्दा तपाईंले कम्प्युटरको अन्य कुनै कामलाई प्रभाव नपार्ने गरी राख्नुपर्छ । जस्तो तपाईंले Ctrl + Alt + I लाई डेस्क्टपको शर्टकट की राख्नुभयो भने फोटोशप चलाउँदा इमेज डाइमेन्सनका लागि Ctrl + Alt + I की प्रयोग गर्न सक्नुहुन्न ।

त्यसैले तपाईंले अरु कुनै एप्लिकेसनको कीसँग नजुध्ने तरिकाले शर्टकट की सेटअप गर्नुपर्ने हुन्छ ।  

अब लागौं प्रक्रियातर्फ ।  

डेस्क्टपको शर्टकट की

डेस्क्टप शर्टकटमा राइट क्लिक गर्नुहोस् ।  

-त्यसपछि तपाईं प्रोपर्टिजमा जानुहोस् ।

-त्यहाँ शर्टकटमा क्लिक गर्नुहोस् ।

-त्यसपछि कुनै पनि शर्टकट की सेटअप गर्न सक्नुहुन्छ । 

Ctrl +Alt + सेटअप गरेको की प्रेस गरेपछि डेस्क्टप शर्टकट खुल्छ ।  

ब्राउजर शर्टकट की  

यसको पनि प्रोपर्टिजभित्रको शर्टकटमा गएर कुनै पनि शर्टकट की सेटअप गर्न सक्नुहुन्छ ।

यसरी कुनै पनि एप्लिकेसनका लागि शर्टकट की सेटअप गरेर सजिलै चलाउन सक्नुहुन्छ । सँगै ल्यापटप शटडाउनका लागि पनि शर्टकट सेटअप गर्न सक्नुहुन्छ ।

यसका लागि डेस्क्टपमा कतै खाली ठाउँमा राइट क्लिक गरेर new मा जानुहोस् । new भित्र रहेको शर्टकटमा जानुहोस् । 

त्यहाँ क्रियट शर्टकटको डायलगमा C:\WINDOWS\SYSTEM32\ Shutdown.exe पछि स्पेस अनि सटडाउनको लागि  -s ब्राउज गर्नुहोस्।  

C:\WINDOWS\SYSTEM32\ Shutdown.exe -s 

अब नेक्स्ट गरेर शर्टकटको कुनै नाम दिनुहोस् । मैले शटडाउन नाम दिएको छु ।  

अब यसलाई Finish गर्नुहोस् ।  

यसपछि तपाईंले डेस्क्टपमा देखिएको यो आइकनमा डबल क्लिक गरेर सजिलैसँग ल्यापटप शटडाउन गर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३