close

एक सेकेन्डमा २ अर्ब तस्वीरहरू प्रोसेस गर्नसक्ने चिप तयार

टेकपाना टेकपाना

असार १८, २०७९ १६:५०

एक सेकेन्डमा २ अर्ब तस्वीरहरू प्रोसेस गर्नसक्ने चिप तयार

काठमाडौं । अमेरिकाको पेन स्टेट विश्वविद्यालयले प्रति सेकेन्डमा दुई अर्बवटा तस्वीर प्रोसेस गर्नसक्ने चिप तयार पारेको छ । विश्वविद्यालय अन्तर्गतका अनुसन्धानकर्मीहरू फार्शिद अश्तानी, एलेक्जेन्डर जे गिर्स, फिरोज अफ्लातुनी लगायतको टोलीले एक स्क्वायर सेन्टिमिटरभन्दा सानो चिप तयार पारेका हुन् ।

सार्वजनिक रिपोर्टअनुसार यो चिपले आधा नानोसेकेन्ड समयमा तस्वीरहरूलाई कुनै छुट्टै प्रोसेसरबिना नै वर्गीकरण गर्नसक्छ ।

हाल इमेज रिकग्निसनका लागि प्रयोग हुने आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीले लक्षित वस्तुको तस्वीरलाई सुरुमा इमेज सेन्सर (स्मार्टफोनको डिजिटल क्यामेरा) मार्फत तयार गर्नेगर्छ ।

त्यसपछि त्यो इमेज सेन्सरले उक्त तस्वीरलाई विद्युतीय सिग्नल अथवा बाइनरी डेटामा परिणत गर्छ । यसपछि मात्र उक्त प्रणालीले कमप्युटर चिप्स प्रयोग गरेर तस्वीर एनलाइज गर्न, वर्गीकरण गर्न अथवा स्टोर गर्नसक्छ ।

यद्यपि विश्वविद्यालयले तयार गरेको यो चिपले भने एक सेकेन्डमा नै दुई अर्बसम्मका तस्वीरलाई प्रोसेस गरेर छिटो लक्षित वस्तुलाई चिन्नसक्छ ।

यो डिजिटल चिप कुनै चलिरहेको वस्तु अथवा थ्रीडी अब्जेक्टहरूलाई पहिचान गर्नका लागि प्रयोग गर्न सकिने विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३