close

नेपाली सडकमा टेस्लाको सेल्फ ड्राइभिङ कार, यस्तो छ सञ्जय गोल्छाको अनुभव

टेकपाना टेकपाना

असार १८, २०७९ १६:२०

काठमाडाैं । टेस्ला विश्वभर आकर्षण रहेको विद्युतीय कार निर्माता कम्पनी हो । सन् २००३ मा सुरू भएको यो कम्पनीले प्रिमियम विद्युतीय कारको बजारमा एकछत्र राज गर्दै आएको छ ।

विशेषगरी लामो दूरीको ड्राइभिङ, सहज प्रविधि र आधुनिक डिजाइनका कारण यसको लोकप्रियता बढ्दो छ । नेपालमा भने टेस्लाका केही सीमित मोडलमात्रै उपलब्ध छन् ।

टेस्लाकाे सेल्फ ड्राइभिङ कार नेपाली सडकमा कसरी गुड्ला भनेर धेरैको कौतूहलता हुनसक्छ । आज हामी टेस्लाको ‘मोडल थ्री’ कारबारे चर्चा गर्दैछौं ।

नेपाली उद्यमी सञ्जय गोल्छाले काठमाडौंको सडकमा आफ्नो टेस्ला मोडल थ्री सेल्फ ड्राइभिङ कारको अनुभव हामीसँग बाँडेका छन् ।

हेर्नुहोस् यो भिडिओ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३