close

रेडइटले किन्याे नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ कम्पनी ‘माइनिङ क्लाउड’

टेकपाना टेकपाना

असार २०, २०७९ ९:९

रेडइटले किन्याे नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ कम्पनी ‘माइनिङ क्लाउड’

काठमाडौं । छलफल गर्ने चर्चित अनलाइन प्लेटफर्म रेडइटले ‘माइनिङ क्लाउड’ नामक नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ कम्पनी खरिद गरेको छ ।

माइनिङ क्लाउडले विशेषगरी अव्यवस्थित कन्टेन्टको अर्थ खोज्ने सफ्टवेयर निर्माण गरेको छ । कम्पनीको मसिन लर्निङलाई मद्दत पुग्ने अपेक्षाका साथ रेडइटले माइनिङ क्लाउड खरिद गरेको हो । 

यो सफ्टवेयरले मसिन लर्निङको प्रुफ जाँच गर्न र अव्यवस्थित कन्टेन्टलाई बुझ्न मद्दत गर्ने जनाइएको छ, जसको मद्दतले रेडइटमा सान्दर्भिक कन्टेन्टमात्रै उपलब्ध हुनेछ ।

‘माइनिङ क्लाउडलले प्लेटफर्मलाई अझ प्रभावकारी बनाउने छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले प्लेटफर्ममा सान्दर्भिक र छरितो रुपमा जानकारी उपलब्ध हुनेछ ।’

कम्पनीका अनुसार माइनिङ क्लाउड टिमले रेडइटको मसिन लर्निङ प्रोजेक्ट र सुरक्षामा काम गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३