close

भारतीय सरकार विरुद्ध ट्वीटरले हाल्यो मुद्दा

टेकपाना टेकपाना

असार २२, २०७९ २१:१

भारतीय सरकार विरुद्ध ट्वीटरले हाल्यो मुद्दा

काठमाडौं । ट्वीटरले भारतीय सरकारविरुद्ध मुद्दा दायर गरेको छ ।

कम्पनीको काम कारबाही हस्तक्षेप गरेको, अनावश्यक प्रतिबन्ध लगाइएको तथा विभिन्न ट्वीटहरू जबरजस्ती हटाउन लगाइएको लगायत विषयलाई उल्लेख गर्दै ट्वीटले भारतीय सरकार विरुद्ध बेगंलुरुको कर्नाटाका उच्च अदालतमा मुद्दा दायर गरेको हाे ।

भारतीय सरकारले आफ्नो अधिकारको दुरुपयोग गर्दै कम्पनीलाई विभिन्न ट्वीटहरू हटाउन लगाएको ट्वीटरको आरोप छ ।

यस्तै केही राजनीतिक दलहरूले पोस्ट गरेका ट्वीट पनि जबरजस्ती ब्लक गर्न लगाएको मुद्दामा उल्लेख छ ।

‘यस्तो कामले प्लेटफर्ममा नागरिकलाई प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको नियमलाई उल्लंघन गरेको छ । सरकारले हटाउन लगाएको सामग्रीमा भारतीय सरकारको कुनै पनि नीति तथा नियम उल्लंघन भएको छैन,’ मुद्दामा उल्लेख गरिएको छ ।

साथै यदि कम्पनीले भारतीय सरकारको आदेश नमानेको खण्डमा कम्पनीको भारत अवस्थित कार्यालयको प्रमुखलाई आपराधिक मुद्दा दायर गरेर कारबाही गर्ने धम्की दिएको पनि मुद्दामा उल्लेख गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३